Twin deficit भनेको के हो ?

अर्थशास्त्रमा twin deficit भन्नाले budget deficit (बजेट घाटा) र current account deficit (चालु खाता घाटा) लाई जनाउँछ ।

सर्वप्रथम, बजेट घाटा र चालु खाता घाटाकाे अर्थ बुझ्नुपर्छ । बजेट घाटा भनेको सरकारको कुल खर्च र कुल आम्दानी (अनुदान सहित) को अन्तर हो । अर्को अर्थमा, सरकारको आयले धान्न नसकेको खर्च नै बजेट घाटा हो । त्यसैगरी, चालु खर्च (आयात, विदेशी लगानी वापतको ब्याज भुक्तानी) र चालु आम्दानी (निर्यात, विप्रेषण, ब्याज आम्दानी) को अन्तरले चालु खाता बचत वा घाटा निर्धारण गर्ने गर्छ।

अल्पविकसित र विकासशील मुलुकमा जब सरकारले आफ्नो खर्च विस्तार गर्छ तब सार्वजनिक खर्च र आम्दानी बीचको अन्तर फराकिलो हुँदै जान्छ। फलस्वरूप, बजेट घाटा बढ्न जान्छ । त्यसैगरी, सरकारले खर्च बढाउँदा निर्माण सामाग्री लगायतका अन्य वस्तुहरू आयात गर्नुपर्ने भएकोले आयातको आकार पनि बढ्न जान्छ। आयातको आकार बढेसँगै चालु खाता घाटा पनि बढ्ने गर्दछ । त्यसैले, बजेट घाटा फराकिलो हुँदै जाँदा चालु खाता घाटा पनि फराकिलो हुने गर्छ।

जस्तै, सरकारले रु.१०० अर्बले पुँजीगत खर्च बढायो भने निर्माण कार्यमा विस्तार आउछ । निर्माण कार्यको बिस्तारको लागि निर्माण सामग्रीको आयात बढ्ने गर्छं। तसर्थ, बजेट घाटा र चालु खाता घाटा एउटै दिशामा हिड्ने गर्छं र यस सम्बन्धलाई अर्थशास्त्रीहरुले twin deficit hypothesis को नामले सम्बोधन गर्ने गरेको पाइन्छ ।

Post a Comment

Previous Post Next Post